厚生労働省 国立社会保障・人口問題研究所
7月31日(水)までにご回答ください

外国籍がいこくせきかた へ For Foreign Nationals

外国籍がいこくせき調査対象者ちょうさたいしょうしゃのための 情報じょうほう調査票ちょうさひょう対訳たいやく掲載けいさいしています。

You can find information and translations of the survey forms for foreign national respondents here.

नेपाली(Nepali)

विदेशी नागरिकता भएका व्यक्तिहरूको लागि

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सामाजिक सुरक्षा तथा जनसाङ्ख्यिक समस्या अनुसन्धान केन्द्र आठौं राष्ट्रिय घरपरिवार प्रवृत्ति सर्वेक्षण सञ्चालन गरिनेछ। यो सर्वेक्षणले जापानमा बस्ने विदेशी नागरिकता भएका व्यक्तिहरू पनि सहभागी हुन्छन्। घरमूली अथवा 18 वर्ष वा सोभन्दा माथिको उमेरका व्यक्तिले जवाफ दिनुहोस्। तल सर्वेक्षण फारमको अनुवाद दिइएको छ, कृपया त्यसको उपयोग गर्नुहोस्।

सर्वेक्षण फारमको अनुवाद

धेरै सोधिने प्रश्न

  • आठौं राष्ट्रिय घरपरिवार प्रवृत्ति सर्वेक्षण कस्तो प्रकारको सर्वेक्षण हो?
  • जापानको जनसङ्ख्या तथा सामाजिक सुरक्षाको बारेमा आधारभूत कुराहरू बुझ्नु अत्यन्त महत्त्वपूर्ण छ। राष्ट्रिय सामाजिक सुरक्षा तथा जनसाङ्ख्यिक समस्या अनुसन्धान केन्द्रले विभिन्न अन्य तथ्याङ्कहरू प्रयोग गरेर अनुसन्धान गरिरहेको भए पनि, अझै विस्तृत जानकारी प्राप्त गर्न, अन्य तथ्याङ्कहरूबाट प्राप्त गर्न नसकिने तथ्याङ्क सङ्कलन गर्न आवश्यक हुन्छ। यस उद्देश्यका लागि, आफ्नै मौलिक सर्वेक्षणको रूपमा “सामाजिक सुरक्षा र जनसाङ्ख्यिक समस्याहरूको आधारभूत सर्वेक्षण“ सञ्चालन गरिरहेको छ।
    “सामाजिक सुरक्षा र जनसाङ्ख्यिक समस्याहरूको आधारभूत सर्वेक्षण“ मा "विवाह र जन्म", "परिवारमा आउने परिवर्तन" "पारिवारिक कार्यप्रणाली", "जनसङ्ख्याको चाल" र "मानिसहरू बीचको पारस्परिक सहयोग" जस्ता विषयवस्तुहरूलाई समेट्ने पाँच वटा सर्वेक्षणहरू समावेश छन्। यस वर्ष हामी "पारिवारिक कार्यप्रणाली" मा केन्द्रित सर्वेक्षण सञ्चालन गर्नेछौं। यो “आठौं राष्ट्रिय घरपरिवार प्रवृत्ति सर्वेक्षण” हो।
    “आठौं राष्ट्रिय घरपरिवार प्रवृत्ति सर्वेक्षण” ले जापान बसोवास गरिरहेका घरपरिवारको कार्यप्रणालीहरूको जाँच गरेर वास्तविक अवस्था र परिवर्तनका कारकहरूमा प्रकाश पार्नेछ। यो सर्वेक्षण लगभग हरेक पाँच वर्षमा सञ्चालन गरिन्छ र यसपटक आठौं हो।
  • यो अनुसन्धान किन गरिन लागिएको हो?
  • यो सर्वेक्षण “बच्चा जन्माउने र बच्चा हुर्काउने” र “वृद्धवृद्धाको हेरचाह र स्याहार” देखि लिएर सम्पूर्ण नागरिकहरूको घरपरिवारको विभिन्न कार्यप्रणालीको बारेमा वर्तमान अवस्था बुझेर यससँग सम्बन्धित नीतिगत समस्याहरूको अन्वेषण गर्न सञ्चालन गरिएको छ। तिनीहरू, घट्दो जन्मदर र बढ्दो बुढ्यौली जनसङ्ख्या बढिरहेको जापानी समाजको पूर्वानुमान र जीवनयापनसँग सम्बन्धित राष्ट्रिय तथा स्थानीय सरकारका नीतिहरूको बारेमा विचार गर्न जानकारीको महत्त्वपूर्ण स्रोत हुने भएकोले राष्ट्रिय सामाजिक सुरक्षा तथा जनसाङ्ख्यिक समस्या अनुसन्धान केन्द्र मार्फत सञ्चालन गरिँदै आएको छ।
  • सर्वेक्षणका सहभागीहरू कसरी छनौट गरिन्छ?
  • स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयद्वारा सञ्चालन गरिने सन् 2026 नागरिकको जीवनयापनको अवस्था सम्बन्धी आधारभूत सर्वेक्षणले समेटेका क्षेत्रहरूबाट अनियमित रूपमा छनोट गरिएका क्षेत्रहरूमा बसोवास गर्ने घरपरिवारहरू यो सर्वेक्षणमा सहभागी हुन्छन्।
    जापानका 5 करोडभन्दा बढी घरपरिवारलाई सर्वेक्षणमा भाग लिनको लागि आह्वान गर्न ठूलो मात्रामा पैसा, जनशक्ति र समय आवश्यक हुन जान्छ, त्यसैले यो सर्वेक्षणमा केही घरपरिवारको सर्वेक्षण गरि उक्त नतिजाहरूको आधारमा देशभरको अवस्थाको अनुमान गर्ने तरिका अपनाइएको छ। यो सर्वेक्षणमा सहभागीको रूपमा छनोट भएका व्यक्तिहरूलाई नागरिकको जीवनयापनको अवस्था सम्बन्धी आधारभूत सर्वेक्षण सहित अन्य दुई सर्वेक्षणहरूमा भाग लिन आग्रह गरिने भएकोले तपाईंहरूको समझदारी र सहयोगको लागि अनुरोध गर्दछौं।
  • कुन समयको विषयहरूमा जवाफ दिनुपर्छ?
  • सन् 2026 साल जुलाई 1 तारिख बुधबार सम्मका तथ्यहरू लेख्नुहोस्।
  • प्रश्नहरू मध्ये, उत्तर कसरी दिने भनेर थाहा नभएका प्रश्नहरू छन्, यस्तो अवस्थामा के गर्ने होला?
  • कृपया इमेल मार्फत सम्पर्क गर्नुहोस्। इमेल ठेगाना यस पृष्ठको तल उल्लेख गरिएको छ।
  • “कागजी सर्वेक्षण फारम”मा उत्तर दिइसकेपछि, के गर्नुपर्छ?
  • सर्वेक्षण फारामलाई यसको साथमा दिइएको सङ्कलन खाममा राखेर आफैंले सिल गर्नुहोस्। त्यसपछि, सोही अवस्थामा सङ्कलन गर्न आउने सर्वेक्षकलाई हस्तान्तरण गर्नुहोस् वा जुलाई 12 तारिख आइतबार सम्ममा नजिकैको हुलाक बक्समा खसाल्नुहोस्।
  • के जवाफ दिनु पर्ने कर्तव्य हो?
  • जवाफ दिनु ऐच्छिक हो। यद्यपि, यो सर्वेक्षण जापानभरि परिवारहरूको कार्यप्रणालीलाई सही रूपमा बुझ्न तथ्याङ्कीय विधिहरू प्रयोग गरेर सावधानी पूर्वक डिजाइन गरिएको छ र समाजको आवश्यकताहरू राम्रोसँग पूरा गर्ने नीति निर्माण गर्न सरकारलाई सक्षम बनाउन तपाईंको जवाफहरू अत्यावश्यक छन्।
    यस महत्त्वपूर्ण राष्ट्रिय सर्वेक्षणमा तपाईंको सहयोगको लागि हामी हार्दिक धन्यवाद दिन्छौं।
  • आफ्नो जन्म मिति, शैक्षिक पृष्ठभूमि आदि लेखेमा, यो कसले लेखेको हो भनेर पहिचान गर्न सम्भव हुनेछैन र?
  • जवाफ लेखिएको सर्वेक्षण फारम सिल गरिनेछ र हाम्रो संस्थानमा नआइपुगेसम्म खोल्न रोक लगाइएको छ। सर्वेक्षणमा प्रयोग गरिएको घरपरिवारको सूची राष्ट्रिय सामाजिक सुरक्षा तथा जनसाङ्ख्यिक समस्या अनुसन्धान केन्द्र भित्र कडा नियन्त्रणमा राखिनेछ र सर्वेक्षण पूरा भएपछि यसको सामग्री चुहावट हुन नदिने गरी तुरुन्तै नष्ट गरिनेछ।सर्वेक्षण फारमहरू घरपरिवार दर्ता भन्दा अलग्गै, सर्वेक्षण क्षेत्र नम्बरद्वारा मात्र व्यवस्थापन गरिने भएकोले व्यक्तिहरू पहिचान गर्न सकिँदैन।
    साथै, सर्वेक्षणको नतिजा तथ्याङ्क तयार गर्ने बाहेक अन्य कुनै उद्देश्यका लागि प्रयोग गर्न निषेध गरिएको छ र नतिजाहरू प्रकाशित गरिँदा पनि सबै जवाफहरू तथ्याङ्कीय रूपमा प्रशोधन गरिने भएकोले व्यक्तिहरू पहिचान गर्न सकिँदैन।
  • सर्वेक्षणको नतिजाको बारेमा मैले कहिले र कहाँबाट थाहा पाउन सक्छु?
  • हामी सन् 2027 सालको गर्मीको समयतिर “सर्वेक्षण नतिजाको सारांश” प्रकाशित गर्ने योजनामा छौँ। यस सारांशको पूर्ण पाठ राष्ट्रिय सामाजिक सुरक्षा तथा जनसाङ्ख्यिक समस्या अनुसन्धान केन्द्रको वेबसाइटमा राखिने छ। साथै, नतिजा घोषणा भएपछि पत्रपत्रिका, टेलिभिजन र इन्टरनेट समाचार साइटहरूमा प्रकाशित गरिने योजना छ।
    अन्तिम प्रतिवेदन र समग्र नतिजाको तालिका सन् 2028 सालको वसन्तको तिर प्रकाशित हुने योजना छ र जानकारी सरकारी तथ्याङ्क पोर्टल "e-Stat" र राष्ट्रिय सामाजिक सुरक्षा तथा जनसाङ्ख्यिक समस्या अनुसन्धान केन्द्रको वेबसाइटमा राखिनेछ। यदि तपाईं बस्ने स्थानीय निकायको सार्वजनिक पुस्तकालयले यस सर्वेक्षणको रिपोर्ट खरिद गरेको भएमा, तपाईंले त्यहाँ हेर्न पनि सक्नुहुन्छ।
  • e-Stat
  • राष्ट्रिय सामाजिक सुरक्षा तथा जनसाङ्ख्यिक समस्या अनुसन्धान केन्द्र

    सोधपुछ

    सोधपुछको लागि, support_nsfj08@ipss.go.jp मा इमेल मार्फत सम्पर्क गर्नुहोस्।
    इमेल मार्फत सोधपुछ जापानी र अंग्रेजी भाषामा मात्र उपलब्ध छ।